नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको हो । तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तोलामा २० रुपैयाँँले बढेर चाँदीको मूल्य प्रति तोला १ हजार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
