share 260 काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन तोलामा १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको हो । पोस्टको नेभिगेसन यस्तो छ आज सुनचाँदीको मूल्य सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड कायम, तोलामा कति पुग्यो ?