काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  बुधवार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि, बुधवार चाँदीको मूल्य तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो । चाँदी बिहीबार ३५ रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।