share 261 ललितपुर । ललितपुर महानगरपालिकाले १०६ पुरानो दमकल सञ्चालनमा ल्याएको छ । १०६ वर्षदेखि निष्क्रिय रहेको दमकल मर्मत गरी पुनः प्रयोगमा ल्याइएको हो । आइतबार ललितपुरले प्रयोगमा ल्याएको दमकलले काठमाडौं उपत्यकाका तीनवाटै जिल्ला परिक्रमा गरेको छ । ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाछेथुले पुरानो दमकल पुनः प्रयोगमा आएकोमा हर्ष व्यक्त गरेको छ ।सो दमकल बेलायतकी महारानीले १०६ वर्ष अगाडी नेपाललाई उपहार दिएको थियो । उक्त पुरानो दमकललाई मर्मत गरेर ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको हो । त्यसबेला बेलायती महारानीले २०१८–१९ सालमा काठमाडौं, भक्तपुर र ललितपुरलाई एक–एक दमकल उपहार दिएकी थिइन् । पोस्टको नेभिगेसन न्युरोड क्षेत्रमा फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय न्यूरोडमा फुटपाथ निर्माण कार्य रोक्यो, मंसिरसम्म काम अघि नबढाउने महानगर र स्थानीयबीच सम्झौता