Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

राप्रपाद्वारा सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न माग

ग्लोबल ग्यालेक्सी न्युज ९ जेठ, २०८१

राप्रपाद्वारा सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न माग
share 86
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि छानबिनको माग गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। ‘राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ,’ राप्रपाको निर्णयमा उल्लेख छ, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट कैलाश सिरोहियामाथि छानबिन सुरू भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ।’

राप्रपाले कानून सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्ने पनि बताएका छन् । बैठकमा राप्रपाको जेठ ११, १२ र १३ गते काठमाण्डौं हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने प्रतिवेदनहरुमाथि पनि छलफल भएको जनाएको छ। बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेको थियो । महामन्त्री धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन समेत पेस गरेका थिए।

प्रतिवेदनहरुलाई सामान्य परिमार्जनसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सम्बन्धित खबर

आज विभिन्न कार्यक्रम गरी पुष्पलालको ४६औँ स्मृति दिवस मनाउदै

आज विभिन्न कार्यक्रम गरी पुष्पलालको ४६औँ स्मृति दिवस मनाउदै

रवि लामिछाने क्लबबाट निस्किएँ, घण्टी बज्न रोकिँदैन : मुकुल ढकाल

रवि लामिछाने क्लबबाट निस्किएँ, घण्टी बज्न रोकिँदैन : मुकुल ढकाल

छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छ : अध्यक्ष प्रचण्ड

छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छ : अध्यक्ष प्रचण्ड

एमालेका नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर (कार्यविभाजन सहित)

एमालेका नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर (कार्यविभाजन सहित)

ताजा समाचार

  • अमेरिका र इरानबीच हुने भनिएको वार्ता रद्द
    अमेरिका र इरानबीच हुने भनिएको वार्ता रद्द
  • इरानले प्रत्याक्रमणलाई तीव्र पारेपछि इजरायली प्रधानमन्त्री नेतन्याहूलाई सारिए सुरक्षित स्थानमा
    इरानले प्रत्याक्रमणलाई तीव्र पारेपछि इजरायली प्रधानमन्त्री नेतन्याहूलाई सारिए सुरक्षित स्थानमा
  • इरानको चेतावनी : इजरायललाई सहयोग गरे अमेरिका, बेलायत र फ्रान्सको सैन्य अखडालाई निशाना बनाउने
    इरानको चेतावनी : इजरायललाई सहयोग गरे अमेरिका, बेलायत र फ्रान्सको सैन्य अखडालाई निशाना बनाउने
  • इजरायली हवाई आक्रमणले इरानको आणविक संरचनामा क्षति, मुख्य यूरेनियम प्रशोधन संयन्त्र सुरक्षित
    इजरायली हवाई आक्रमणले इरानको आणविक संरचनामा क्षति, मुख्य यूरेनियम प्रशोधन संयन्त्र सुरक्षित
  • मध्यपूर्वमा चुलियो तनाव : इजरायलले इरानमाथी आक्रमण गरेपछि चीनको निन्दा
    मध्यपूर्वमा चुलियो तनाव : इजरायलले इरानमाथी आक्रमण गरेपछि चीनको निन्दा
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.