share 269 साङ्केतिक तस्बिर ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । शुक्रबार राति भएको उक्त दुर्घटनापछि अस्पताल पुर्याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको हो । बा ५६ प ५०६५ को स्कुटर चालक काठमाडौं घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको किस्ट अस्पतालमा र बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल चालक खोटाङ साकेला घर भई लुभुमा बस्ने वर्ष २६ वर्षीय लोकेश राईको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पोस्टको नेभिगेसन रहस्यकै गर्भमा नारायणहिटी दरबार हत्याकाण्डले २३ वर्ष पूरा डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, सात घाइते