काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा प्रति केजी २० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, प्याज सुकेको प्रति केजी ७० रुपैयाँ, स्थानीय काउली प्रति केजी ५० रुपैयाँ र बन्दा प्रति केजी २५ रुपैयाँ तोकिएको छ ।

तितो करेला प्रति केजी २० रुपैयाँ, लौका प्रति केजी ४० रुपैयाँ, घिरौला प्रति केजी ४० रुपैयाँ र भिण्डी प्रति केजी २० रुपैयाँ तोकिएको छ ।