धादिङ । धादिङको थाक्रेमा बसले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । बसको ठक्करबाट अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाँक्रे गाउँपालिका-७, आठकिलोमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ख ९८६८ नम्बरको यात्रुबसले ठक्कर दिँदा सुदेश सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए।

सडकछेउमा तान्दै गरेको इन्टरनेटको तार बसमा अल्झिँदा सो तारसँगै तार तान्दै गरेका धरान उपमहानगरपालिका घर भएका अन्दाजी २२ वर्षीय सुदेश सुनुवारलाई बसले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।