उक्त अपरेसनमा मधेस प्रदेश प्रहरी कार्यालय, लागू औषध नियन्त्रण व्यूरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नम्बर १० गण सर्लाहीको संयुक्त टोलीले चलाएको थियो । मान्छे नबस्ने घरमा भन्डारण गरेको अवस्थामा ठूलो परिणाममा गाँजा बरामद गरिएको जिज्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए । दुई तले काठको घरमा ठूला ठूला १६ वटा ड्रम र बोरामा भण्डारण गरेर राखेको अवस्थामा गाँजा बरामद गरिएको उनले बताए । गाँजासँगै प्रहरीले १६ थान ड्रम, गाँजा च्याप्ने मेसिनसहितका सामान पनि बरामद गरेको छ ।

सर्लाही लालबन्दीको चुरे क्षेत्रमा हरेक वर्ष प्रहरीले गाँजा फँडानी गर्दै आएको छ । यस वर्ष पनि त्यस क्षेत्रमा गाँजाको उत्पादन, प्रशोधन, भन्डारण र विक्रिबितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले गाँजा बरामद गरेको हो । गाँजा बरामद गर्न नेपाल प्रहरीका एसपीको कमाण्डमा ८० जना र सशस्त्र प्रहरी डीएसपीको कमाण्डमा ४५ जना प्रहरी लंगुर डाँडामा पुगेका थिए।