लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गाँजा र चरेससहित सातजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजासहित सात जनालाई पक्राउ गरेको हो ।
प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका-४, ८ र तिलोत्तमा नगरपालिका-१५ मा लागु औषध कारोबार हुँदैगरेको भन्ने गोप्य सूचनाका आधारमा लागु औषध र कारोबारमा सङ्लग्न व्यक्तिहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिए ।
प्रहरीले धादिङ्ग गजुरी गाउँपालिका-८ बस्ने ३३ वर्षिय दीपक तामाङ, सोही स्थानका ३६ वर्षिय सुनबहादुर तामाङ, ३१ वर्षिय नक्कलबहादुर तामाङ, ४१ वर्षिय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ । त्यस्तै, रुपन्देही सिद्धार्थनगर नगरपालिका-४ आदर्शनगर बस्ने २५ वर्षिय जीवन मल्लाह, तिलोत्तमा नगरपालिका-१४ बस्ने २३ वर्षिय २३ दीलिप केवट र स्याङ्जा गल्याङ्ग नगरपालिका-१ बस्ने ३८ वर्षिय जीवनाथ पाण्डे रहेका छन् ।
प्रहरीले लागुऔषध कारोबारमा संलग्न उनीहरु माथी थप अनुसन्धान भइरहेको जनाएको छ ।