share 658 काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका-१ का राजु स्याङतान लागूऔषध र हतियारसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, विशेष सूचनाका आधारमा गरिएको छापामा स्याङतानको घरबाट २ थान पेस्तोल, २५ राउन्ड गोली, १ किलो ३१० ग्राम अफिम र २२ किलो ८०० ग्राम गाँजा बरामद भएको हो। लागूऔषध र हतियार घरको विभिन्न भागमा लुकाइ राखिएको अवस्थामा फेला परेको थियो। अनुसन्धानको क्रममा स्याङतानले लागूऔषध ओसारपसारमा संलग्नता स्वीकारेका छन्। स्याङतान यसअघि पनि लागूऔषध तथा हातहतियार मुद्दामा दुई पटक जेल परिसकेका छन्। उनले २०७१ सालमा पहिलो पटक लागूऔषध मुद्दामा २ वर्षको कैद सजाय काटेका थिए। त्यसपछि २०७६ साउन ४ गते पुनः पक्राउ परी ५ वर्ष ६ महिना कैद सजाय पाएका थिए। उक्त सजाय भुक्तान गरी उनी २०८१ माघमा मात्र छुटेका थिए। उनलाई लागुऔषध तथा हतियार खरखजना सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पोस्टको नेभिगेसन रुपन्देहीबाट गाँजा र चरेससहित सात जना पक्राउ