share 453 हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका-१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज कैलाश गाउँपालिका-२ डाँडाखर्क बस्ने ३४ वर्षीय रावल स्याङ्वोलाई लागु औषध गाँजासहित गाँजा ओसारपसारमा प्रयोग गरिएको सवारीसाधन सार्वजनिक गरेको हो । प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्वपश्चिम लोकमार्ग खण्डअन्तर्गत राटोमाटे जाँच चौकीमा सवारी साधन जाँच गर्ने क्रममा गाडीको पछाडि ढालाभित्र खाली क्रेटहरूले छोपी लुकाइछिपाइ गरी ल्याइएको अवस्थामा अवैध लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोस्टको नेभिगेसन जडिबुटीबाट लागुऔषधसहित २ जना पक्राउ मकवानपुरको मनहरीबाट ८१ किलो गाँजासहित एकजना पक्राउ