डोटी । नेपाल कम्युनिस्ट पार्टी डोटीले ५ सय वटा सुन्तलाको बिरुवा रोपेर सुन्तला खेती सुरु गरेको छ । सो पार्टीको केन्द्रीय उत्पादन निति अनुसार जिल्लाको बडीकेदार गाउँपालिका-३ स्थित बिठारामा सुन्तलाको बिरुवा रोपिएको हो ।
नेकपाको देशव्यापी उत्पादन अभियान अन्तर्गत नेताकार्यकर्ता र पार्टीको आत्मनिर्भरताको उदेश्य अनुसार नेकपा डोटीले सुन्तला वृक्षारोपण गरेको नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज बिमलले बताए । नेपाल कम्युनिस्ट पार्टीले सुदुरपश्चिम र तराईका जिल्लाहरुमा धानखेती गरिरहेको छ भने पहाडी र मध्य पहाडका जिल्लामा फलफुल, तरकारी खेती, बाख्रापालन लगायतका नगदे बालीको सामुहिक उत्पादन गरिरहेको छ ।
डोटी जिल्ला सुन्तला उत्पादनका हिसाबले सुदुरपश्चिमकै राम्रो संभावना भएको जिल्ला मानिन्छ । त्यहाँ उत्पादित सुन्तला धनगढी, नेपालगन्ज, काठमाडौं र भारतका सिमा क्षेत्रमा समेत बिक्रि बितरण हुने गरेको स्थानीयहरु बताउँछन् ।