share 275 काठमाडौं । बिहिबार नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सम्पर्कविहीन कर्मचारीको नामावली सार्वजनिक गर्दै सन्तोषजनक स्पष्टीकरणसहित बाटोको म्यादबाहेक सातदिनभित्र कार्यालयमा उपस्थित हुन जानकारी गराएको हो । प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकोले हाजिर हुन आउन सात दिनको समय दिएको हो । उक्त अवधिमा पनि सम्पर्कमा नआएमा प्रहरी नियमावली र ऐन बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालय नक्सालले चेतावनी समेत दिइएको छ । पोस्टको नेभिगेसन अवैधानिक माध्यमबाट रेमिट्यान्स नपठाउन र नलिन सीआईबीको आग्रह नेपाली सेनाले माग्यो ठूलो सङ्ख्यामा अधिकृत क्याडेट, यसरी दिन सकिन्छ आवेदन (सूचनासहित)