काठमाडौं : रातभर परेको वर्षाका कारण राजधानीको बागमती किनार क्षेत्र डुबानमा परेको छ ।
बागमती नदी किनार क्षेत्र टेकु, यूएन पार्क बागमती विष्णुमती दोभान क्षेत्र डुबानमा परेको हो ।
बागमती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायतमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


