share 433 काठमाडौं । बाढीका कारण गत असार २८ गते नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर बेपत्ता भएका दुई बस र यात्रुको खोजी गर्नका लागि चीनलाई अनुरोध गरिने भएको छ । बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सिमलताल दुर्घटनामा बेपत्ता दुई बस र यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको जानकारी दिएको हो । दुई वटा बसमा ६५ यात्रु रहेकोमा ३ जनाले पौडिएर ज्यान बचाएका थिए साथै अहिलेसम्म २४ जनाको शव फेला परेको छ । ३८ जनाको अवस्था हालसम्म पनि अज्ञात रहेको छ । यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो । तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो । पोस्टको नेभिगेसन रातभरको अविरल वर्षाका कारण बागमती किनार क्षेत्र डुबानमा चितुवाको आक्रमणबाट छ वर्षको अवधिमा तनहुँमा १४ बालबालिकाको मृत्यु
काठमाडौं । बाढीका कारण गत असार २८ गते नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर बेपत्ता भएका दुई बस र यात्रुको खोजी गर्नका लागि चीनलाई अनुरोध गरिने भएको छ ।
बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सिमलताल दुर्घटनामा बेपत्ता दुई बस र यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको जानकारी दिएको हो । दुई वटा बसमा ६५ यात्रु रहेकोमा ३ जनाले पौडिएर ज्यान बचाएका थिए साथै अहिलेसम्म २४ जनाको शव फेला परेको छ । ३८ जनाको अवस्था हालसम्म पनि अज्ञात रहेको छ । यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो । तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो ।