चितवन । अविरल वर्षासँगै गएको पहिरोका कारण पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-मलेखु सडकखण्ड अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरो पञ्छाएर सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उनको भनाइ रहेको छ ।
नारायणगढ-मुग्लिन तथा मुग्लिङ-पोखरा सडक भने नियमितरूपमा सञ्चालनमा रहेको जनाइएको छ ।


