जुन 24, 2026
लागुऔषध

बर्दिबासबाट छ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय पक्राउ

महोत्तरी । भारततर्फ गाँजा तस्करी गरिरहेको विशेष सूचनाको आधारमा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

बुधबार राती पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका-१४ बाट मिनी ट्रकमा छ सय ११ किलोग्राम गाँजासहित उनीहरू पक्राउ परेका हुन् ।

विहार मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताए  ।

जवाफ लेख्नुहोस्