मकवानपुर : मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकाबाट प्रहरीले लागूऔषध चरेससहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले एक महिला र एक पुरुष गरि दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक प्रकास शाहका अनुसार पक्राउ पर्नेमा भारतको विहार राज्यको सितामाढीका ४५ वर्षीय सुधिर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरी रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले ६ केजी चरेससहित पक्राउ गरेको प्रहरी निरीक्षक शाहले जानकारी दिए ।
उनका अनुसार मकवानपुरको कैलाश गाउँपालिकाको गल्छीवाट हेटौँडातर्फ आइरहेको यात्रुवाहक बसलाई थाहा नगरपालिका-३ शिखरकोटमा रोकेर खानतलासी गर्दा उनीहरुसँगबाट उक्त परिणामको चरेस फेला पारेको हो । प्रहरीका अनुसार सिंह र चौधरीले १२ वटा प्लास्टिकको पोकामा रहेको चरेस तिघ्रामा बाँधेर ल्याएका थिए ।

