धादिङ । बिहानैदेखि परेको अविरल वर्षका कारण पहिरो खस्दा पृथ्वी राजमार्गको महादेवबेसी-गजुरी सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खस्दा उक्त सडक अबरुद्ध भएको हो ।
पहिरोका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि राजधानी प्रवेश गर्ने राजधानीबाट बाहिरिने सवारी साधनहरु ठप्प रहेका छन् ।
त्यस्तै, चितवनको ईच्छाकामना गाउँपालिका-४ मा पर्ने घेप्टेभीरमा पनि पहिरोका कारण सडक बन्द भएको छ । सो स्थानमा पनि वर्षाका कारण सडक अवरुद्ध भएपछि नौविसे- मुग्लिन सडकखण्ड समेत ठप्प भएको छ । दुवै स्थानमा खसेको पहिरो हटाउने प्रयास भईरहेको प्रहरीले जानकारी दिएको छ ।