काठमाडौं । निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाहना हुँदाहुँदै पनि कर्मचारीको तलब बढाउन नसकेको बताएको छ ।
कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको तर देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको ओलीले बताए । निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा उनले भने, ‘म त अलिकति पैसो भयो भने एकैचौटी २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हो, अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सकिने अवस्था छैन ।’
अहिले निजामती कर्मचारीले मन दह्रो बनाएर बस्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘कठिनाइहरुको सामना गरेर देशलाई अगाडि बढाऔं, अर्थतन्त्र अगाडि बढ्यो भने हाम्रो सुविधा पनि बढ्छ’, उनले भने ।
कर्मचारीले आफूलाई मालिकजस्तो ठान्न नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।