सुनसरीको इटहरी उपमहानगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने २९ वर्षीय दीपेश लुइँटेल, सुनसरी इटहरी उपमहानगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३५ वर्षीय नितेश पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

काठमाडौं महानगरपालिका-३२ वडा एरियामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जडिबुटीस्थित एक होटेलबाट पक्राउ गरेको हो । उनीहरूमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।