share 713 काठमाडौं । यसवर्ष दसैँका लागि आइतबारदेखि सफा-सुकिला नोट साट्न पाइने भएको छ । यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने नेपाल राष्ट्र बैँकले बताएको हो । बैँकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइने बतायएको छ । साथै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ । पोस्टको नेभिगेसन कुलेखानी-फाखेल-काठमाडौं सडक अवरुद्ध खोलियो कुलेखानी जलाशयको ढोका, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह