जुन 2, 2026
राष्ट्रिय

सुनको मूल्य तोलामा ३ सयले घट्यो, चादीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यव ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन १९८० रहेको चाँदी यस दिन १९८५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

जवाफ लेख्नुहोस्