काठमाडौं । रसुवाको ग्राङबाट करिब दुई किलो सुनसहित एक जना पक्राउ परेको छ ।
कालिका गाउँपालिका-१ ग्राङबाट करिब २ किलो सुनसहित बिहीबार बेलुकी गोसाइकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार लामाले लगाएको दुवै जुत्ताभित्र लुकाई छिपाई ल्याएको उक्त धातु फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।