काठमाडौं । तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बस दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

बा४ ख ७१११ को  गाडीको ढोकामा झुण्डिएर बसेका यात्रु बाटोमा रोकिरहेको बा३क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर-८ लामबगरमा दुईजनाको घटस्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

घाइते एकजनालाई उपचारका लागि हस्पिटल लगिएको छ । अहिले स्थिति नियन्त्रणमा रहेको र दुर्घटना भएको गाडीलाई पुलिसको स्कटिङद्वारा बालाजु चौकीमा ल्याइसकिएको बालालु प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ।