सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जीप बुधबार राति ११ बजे नलगाड नगरपालिका-५ कालीबाटीबाट वडा नं. ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना-कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी नलगाड नगरपालिका-३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, १७ वर्षीया लक्ष्मी पुन रोकाल, ३३ वर्षीया शारदा थापा र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।

डबल क्याप भएको बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । दुर्घटनामा २ जना घाइते भएका छन् ।