काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने थानकोट चन्द्रागिरि चित्लाङ सडकखण्ड आइतबारदेखि एक महिनाका लागि बन्द हुने भएको छ । सो सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्ने भएकाले एक महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि पुस ७ गते अर्थात् आइतबारदेखि माघ ६ गतेसम्म पूर्णरुपमा बन्द गरिने जानकारी गराएको छ । उक्त अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।

‘यसस कार्यालयअन्तर्गत थानकोट-चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्मको सडकखण्ड पुस ७ गतेदेखि माघ ६ गते सम्म पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न हुन जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।