मकवानपुर । मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर मनहरि गाउँपालिका-५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो ।

घर नजिकै बारीमा घाँस काट्न गएको रुम्बा अबेरसम्म घर नआएपछि आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५०० मिटर पूर्वमा उनको शव फेला परेको थियो ।

शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी उनलाई बाघले आक्रमण गरि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।