share 608 मकवानपुर । मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर मनहरि गाउँपालिका-५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो । घर नजिकै बारीमा घाँस काट्न गएको रुम्बा अबेरसम्म घर नआएपछि आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५०० मिटर पूर्वमा उनको शव फेला परेको थियो । शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी उनलाई बाघले आक्रमण गरि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पोस्टको नेभिगेसन रवि लामिछानेको ‘हिरासत तस्बिर’ खिच्ने डा. निकोलस भुसाल पक्राउ इटहरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले पारे निष्कृय