काठमाडौं । काठमाडौं काँडाघारीबाट रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो ।
बरामद गरिएको रक्तचन्दन ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेकाले अहिले परिचय नखुलाइएको प्रहरीले जानकारी दिए।