share 630 काठमाडौं । काठमाडौं काँडाघारीबाट रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । बरामद गरिएको रक्तचन्दन ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेकाले अहिले परिचय नखुलाइएको प्रहरीले जानकारी दिए। पोस्टको नेभिगेसन रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला कास्की अदालतको आदेस लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंको आदेश