काठमाडौं । युक्रेनले रुसमाथि युद्धयताकै सबैभन्दा ठूलो आक्रमण गरेको दाबी गरेका छन् । युक्रेनी सशस्त्र बलका अनुसार धेरै क्षेत्रमा गोलाबारुद डिपो र रासायनिक प्लान्टलाई निशाना बनाइएको थियो ।

युक्रेनको गुप्तचर निकायका अनुसार यो आक्रमण रुसी क्षमताविरुद्ध ‘पीडादायी प्रहार’ भएको बताएको बीबीसीले उल्लेख गरेको छ । युक्रेनले प्रहार गरेका एटीएसीएमएस मिसाइल र स्ट्रोम स्याडो क्रुज खसालिएको रुसले दाबी गरेको छ । रुसले यो आक्रमणको उचित जवाफ दिने पनि बताएको छ ।

युक्रेन आक्रमणका कारण दक्षिणपश्चिमी रुसी सहर साराटोभमा विद्यालय बन्द गरिएका छन् ।