फेसबुकबाट कमाएर सिधै नेपाली बैंक खातामा रकम

८ महिना अगाडि ८ महिना अगाडि ८ महिना अगाडि

काठमाडौं । नेपालका फेसबुक प्रयोगकर्ताले अब आफ्ना कन्टेन्टबाट कमाएको रकम सिधै नेपालकै बैंक खातामा प्राप्त गर्न सक्ने भएका छन्।

विश्वकै ठूलो सामाजिक सञ्जाल कम्पनी मेटाले नेपालमा कन्टेन्ट मोनेटाइजेसन सुविधा विस्तार गर्दै क्रियटरलाई सजिलो भुक्तानी प्रणाली उपलब्ध गराएको हो। यसअघि विदेशी खातामार्फत भुक्तानी लिनुपर्ने बाध्यता अब हट्ने भएको छ।

यस व्यवस्थाले नेपाली कन्टेन्ट क्रियटरलाई आर्थिक लाभ मात्र नभई डिजिटल क्षेत्रमा रोजगारी र सिर्जनशीलतालाई पनि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

यससँगै नेपालमा डिजिटल अर्थतन्त्रको दायरामा ठूलो फड्को मारिने विज्ञहरूको विश्वास छ।