share 309 काठमाडौं । दशैं, तिहार तथा छठजस्ता नेपालीहरुको महान चाडको अवसरमा हवाई यात्राको चाप अत्यधिक हुने भएकाले टिकट बिक्रीमा पारदर्शिता कायम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले स्पष्ट निर्देशन दिएको छ। प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यस अवधिमा अनुमतिभन्दा बढी भाडा असुल गर्ने, टिकटमा कालोबजारी गर्ने तथा अव्यवस्थित वितरण गर्ने हवाई सेवा प्रदायक र एजेन्टहरूमाथि कडा निगरानी राखिने जनाएको छ। साथै, सरकारले तोकेको अधिकतम हवाई भाडादर सार्वजनिक गर्दै तोकिएको दरभन्दा बढी मूल्यमा टिकट बिक्री गरे तत्काल जानकारी दिन नागरिकलाई आग्रह गरेको छ। प्राधिकरणले तोकिएको भन्दा बढी मूल्यमा टिकट बिक्री गर्ने हवाई सेवा प्रदायक, ट्राभल एजेन्सी वा टिकट बिक्री केन्द्रबारे जानकारी दिने यात्रुलाई Voluntary Information Reporting System (VIRS) मार्फत वा ०१-४११३१३६ नम्बरमा खबर गर्न अनुरोध गरेको छ। प्राधिकरणले टिकट कालोबजारी वा बढी मूल्य असुल गर्नेविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ। यात्रुहरूलाई अनलाइन प्रणाली वा अधिकृत बिक्री केन्द्रमार्फत मात्र टिकट खरिद गर्न आग्रह गरिएको छ। सरकारले आन्तरिक हवाई उडानका लागि तोकेको अधिकतम भाडा यस प्रकार छः पोस्टको नेभिगेसन सिंहदरबारलगायत सार्वजनिक सम्पत्ति जलाउनेलाई कारबाही गर्छौं : प्रधानमन्त्री कार्की जेनजी आन्दोलनमा आगोले क्षतिग्रस्त नक्सालस्थित भाटभटेनी आफैं भत्किन थाल्यो