share 221 सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको वहाव तीव्र गतिमा बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका आज बिहान खोलेर नदीको बहाव नियन्त्रण गर्ने प्रयास गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार आज बिहान ८:१५ बजे कोशी नदीको जलवहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार क्युसेक पुगेको मापन गरिएको थियो। यसअघि बिहान ७:०० बजे जलवहाव २ लाख ७१ हजार ३१० क्युसेक पुगेपछि ३९ ढोका खोलिएको थियो। शनिबार बेलुका ८:०० बजे मात्र एक लाख ९३ हजार ६० क्युसेक मापन भएको थियो र त्यसबेला १५ ढोका खोलिएका थिए। गत भदौ १७ गते पनि नदीमा जलवहाव बढ्दा ब्यारेजका ३८ ढोका खोलिएका थिए। लगातारको वर्षाका कारण शुक्रबार र शनिबार पानीको बहाव पुनः उच्च हुँदै गएपछि आज बिहानदेखि थप ढोका खोलिएको हो। कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिन्छ। कन्ट्रोल रुमका अनुसार हाल तीनवटा रातो बत्ती बालेर खतराको सूचना जारी गरिएको छ। प्रहरी र स्थानीय प्रशासनले नजिकका बस्तीलाई सचेत रहन आग्रह गरेका छन्। पोस्टको नेभिगेसन जेनजी आन्दोलनमा आगोले क्षतिग्रस्त नक्सालस्थित भाटभटेनी आफैं भत्किन थाल्यो सप्तकोसीको सबै ढोका खोलिए