share 283 काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे काठमाडौं जिल्ला अदालतले थप प्रमाण पेस गर्न आदेश दिएको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो। अदालतले प्रहरीले प्रस्तुत गरेका आधार पर्याप्त नभएको भन्दै थप प्रमाणहरू पेश गर्न निर्देशन दिएको हो। यसअघि शोभा पाठकले साइबर ब्यूरोमा महेश बस्नेतविरुद्ध निवेदन दर्ता गरेकी थिइन्। सोही आधारमा प्रहरीले बस्नेतविरुद्ध पक्राउ पुर्जी माग गर्दै अदालतमा निवेदन पेश गरेको थियो। अदालत स्रोतका अनुसार, हाल अदालतले अनुसन्धानलाई थप स्पष्ट बनाउन आवश्यक प्रमाण संकलन गरी पुनः पेस गर्न आदेश दिएको छ। यस प्रकरणबारे नेकपा एमालेका तर्फबाट भने कुनै औपचारिक प्रतिक्रिया आएको छैन। पोस्टको नेभिगेसन गृहमन्त्रीलाई प्रहरीको सुझाव : लुटिएका हतियार चलाउन सक्ने अपराधी बाहिरै छन्, प्रदर्शन रोक्नुस चार जेनजी मन्त्री बन्दै, सोमबारसम्ममा शपथ लिने तयारी