काठमाडौं । इजरायलमा हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको इजरायली अधिकारीले पुष्टि गरेका छन्।
इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाका कमान्डरले अमेरिकामा रहेका विपिनका आमा र बहिनीलाई, साथै नेपालमा रहेका आफन्त किशोर जोशीलाई यो जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताए।
राजदूत पण्डितका अनुसार, “विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद खबर औपचारिक रूपमा प्राप्त भयो। इजरायली अधिकारीहरूले सुरुमा मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई। अहिले उहाँको शवबारे पनि यकिन छैन।”
हमास समूहले सन् २०२३ अक्टोबर ७ (२०७९ असोज २३) मा इजरायलको किबुज आलुमिमबाट विपिनलाई अपहरण गरेको थियो। त्यसपछि उनी मंसिरसम्म जीवित रहेको प्रमाणित गर्ने भिडियो सार्वजनिक भएको थियो।
त्यसैबीच, आज हमास समूहले आफ्नो कब्जामा रहेका २० जनालाई इजरायलसमक्ष हस्तान्तरण गर्दैछ।

