share 201 काठमाडौं । काठमाडौंको कालिमाटी क्षेत्रबाट एक युवा पाँच दिनदेखि बेपत्ता भएका छन्। दोलखा शैलुङ गाउँपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–१३, कालिमाटीमा बस्दै आएका २५ वर्षीय विष्णु बहादुर कार्की असोज ९ गतेदेखि सम्पर्कविहीन रहेका हुन्। प्रहरी वृत्त कालिमाटीमा दर्ता भएको जाहेरीअनुसार कार्की असोज ९ गते बिहान करिब ११ बजे “बाहिर जान्छु” भन्दै कोठाबाट निस्किएका थिए। त्यसपछि उनी घर फर्किएका छैनन्। आफन्तका अनुसार उनीसँग कुनै सम्पर्क पनि हुन सकेको छैन। कार्की हराएको भन्दै उनका आफन्त कुमार कार्कीले १४ असोजका दिन साँझ ५ बजे प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीका अनुसार कार्कीले हराउँदा पहेंलो रंगको टिसर्ट, कालो रंगको पाइन्ट र खुट्टामा चप्पल लगाएका थिए। उनको उचाइ करिब पाँच फिट पाँच इन्च रहेको बताइएको छ। प्रहरीले कार्कीको खोजी कार्य सुरु गरिएको जनाउँदै, उनलाई देख्ने वा फेला पार्ने व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ। बेपत्ता युवकको विवरण: नाम: विष्णु बहादुर कार्की उमेर: २५ वर्ष स्थायी ठेगाना: शैलुङ गाउँपालिका–९, दोलखा हाल बसोबास: काठमाडौं महानगरपालिका–१३, कालिमाटी हराएको मिति: २०८२ असोज ९ गते, बिहान ११:०० बजेपछि रंग: गोरो उचाइ: करिब ५.५ फिट लुगा: पहेंलो टिसर्ट, कालो पाइन्ट, खुट्टामा चप्पल आफन्त सम्पर्क: कुमार कार्की (९८४९५७६१५६) पोस्टको नेभिगेसन चार जेनजी मन्त्री बन्दै, सोमबारसम्ममा शपथ लिने तयारी सिंगापुरको पासपोर्ट विश्वमा सबैभन्दा शक्तिशाली, नेपाल १०१औँ स्थानमा