धादिङ । धादिङको गजुरी गाउँपालिका-५ स्थित घाटवेशीबाट हराएका १५ वर्षीय किशोरको शव भेटिएको छ ।

 

त्रिशूली नदिको २० फिट गहिराइबाट युनिक सुवेदीको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताएको हो । जेठ २६ मा घाटवेशीबाट सुवेदी र १३ वर्षीय रिदम कोइराला हराएका थिए ।

 

सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सुवेदीको शव निकालेको हो । कोइरालाको अवस्था अझै अज्ञात रहेको छ ।