जुन 13, 2026
अपराध-अनुसन्धान

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा प्रतिवादी पक्षको बहस सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा शुक्रबार पनि सुनुवाइ जारी रहेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सरकारी वकिल पक्षको बहस सकिएपछि आजबाट प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस सुरु गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा दायर मुद्दा झन्डै तीन वर्षपछि अन्तिम सुनुवाइको चरणमा पुगेको हो । मुद्दामा संगठित अपराध, ठगी, किर्ते र राज्यविरुद्धको अपराधसम्बन्धी अभियोग लगाइएको छ ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत ३० जना विरुद्ध मुद्दा विचाराधीन छ । पक्राउ परेकामध्ये केही धरौटीमा छुटेका छन् भने केही अझै थुनामै रहेका छन् ।

जवाफ लेख्नुहोस्