काठमाडौं । संसद सचिवालयको सुरक्षामा खटिएका एक सुरक्षाकर्मी मृत अवस्थामा भेटिएको छ । दोलखा मेलुङ-४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोले मृत भेटिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।
गोले आफैँले गोली हानी आत्महत्या गरेको हुनसक्ने भन्दै घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । संसद भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा करिब सवा आठ बजेतिर गोले मृत फेला परेको थियो ।
गाेले नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।