काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।
आज रातो आलु प्रति केजी ५५ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति केजी १५ रुपैयाँ, गाजर प्रति केजी ६० रुपैयाँ, बन्दा प्रति केजी ३० रुपैयाँ र प्याज सुकेको प्रति केजी १०० रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली प्रति केजी ९० रुपैयाँ, तितो करेला प्रति केजी ५० रुपैयाँ, लौका प्रति केजी ५० रुपैयाँ, घिरौला प्रति केजी ४० रुपैयाँ र भिण्डी प्रति केजी ५० रुपैयाँ तोकिएको छ ।