जुन 25, 2026
घटना-दुर्घटना

धुलिखेल अस्पतालको कुरुवा वार्डमा मृत भेटिए एक पुरुष

बिहीबार बिहान साढे ८ बजे धुलिखेल नगरपालिका-६ स्थित धुलिखेल अस्पतालको एमरजेन्सी वार्डको बिरामी कुरुवा कोठामा एक पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ ।

नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षका ती पुरुषको सनाखत हुन सकेको छैन। मृत भेटिएका पुरुषको सनाखतको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जवाफ लेख्नुहोस्