काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ६० रुपैयाँ, लोकल सानो गोलभेडा प्रति केजी १५ रुपैयाँ तोकिएको छ ।
गाजर प्रति केजी ७० रुपैयाँ, प्याज सुकेको प्रति केजी ९५ रुपैयाँ, लोकल बन्दा प्रति केजी २५ रुपैयाँ, स्थानीय काउली प्रति केजी ९० रुपैयाँ, तितो करेला प्रति केजी ४० रुपैयाँ र लौका प्रति केजी ४० रुपैयाँ तोकिएको छ ।
घिरौला प्रति केजी ५० रुपैयाँ, भिण्डी प्रति केजी ५० रुपैयाँ र पिँडालु प्रति केजी ९० रुपैयाँ तोकिएको छ ।

