जुन 25, 2026
राजनीति

किन गर्यो रास्वपा संसदीय दलको बैठक स्थगित ?

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित भएको छ । आज बस्न लागिएको बैठक स्थगित गरेको रास्वपाले जनाएको हो ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगित भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको हो । यसअघि नै रास्वपाले काङ्ग्रेस-एमाले गठबन्धनमा बन्ने सरकारमा सहभागी नहुने बताएको छ ।

 

जवाफ लेख्नुहोस्