प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बिहान दुईवटा बस पहिरोमा परी त्रिशूलीमा खसेको थियो । उक्त बसहरुमा रहेका करिब ५४ जना बेपत्ता भएका छन् । यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएका जनाएको थियो ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस धनी राजेन्द्र केसी पनि त्रिशूलीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।

उक्त बसका चालक, सहचालक पनि यात्रुसँगै नारायणीमा बेपत्ता छन्। बेपत्ता हुनेमा कम्तिमा पनि ६ जना भारतीय रहेका रिजालले बताए। यो बसमा करिब २४ जना रहेको अनुमान प्रहरीले गरेको छ। अर्को बसमा झण्डै ३० जना रहेको अनुमान प्रहरीको छ।

नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने भरतपुर महानगरपालिका २९ सिमलतालमा लेदोसहितको पहिरोले एकसाथ दुईवटा बसलाई बगाएर त्रिशूली नदीमा झारेको हो।  चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले नदीमा बेपत्ताको खोजी थालेका छन्।

आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स (नम्बर खुल्न बाँकी) बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए।

 पहिचान खुलेका बेपत्ता १७ यात्रु