आइतबार नै ओली प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएको छ । ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, ओलीले एक हप्तामै विश्वासको मत लिने तयारी गरेको बर्तौलाले बताए । 

ओली यही आइतबार प्रधानमन्त्रीमा नियुक्त भएको थियो। उनलाई  नेपाली कांग्रेसको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडे‍लले प्रधानमन्त्रीमा नियुक्त गरको थियो ।

उनले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका थिए । उनले सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिइसकेको छ । प्रधानमन्त्रीमा ओलीको चौथो कार्यकाल हो ।