काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका-५ स्थित किराँतीछापबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । बिगु गाउँपालिका-३ बस्ने २६ वर्षीय विजय आचार्य र भिमेश्वर-४ घर भएका २९ वर्षीय मधुसुदन चौलागाईं पक्राउ गरिएको हो ।

आचार्यको साथबाट ६ दशमलव ४० ग्राम र चौलागाईंको साथबाट ४ दशमलव ६२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर सत्रुधन महतोले जानकारी दिए । आचार्य र चौलागाईं बर्दिबासबाट चरिकोटतर्फ आउँदै गरेको बा.३ ख १७९६ नम्बरको बसमा सवार थिए ।

उनीहरुविरुद्ध प्रहरीले लागु औषध मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।