धादिङ । धादिङको गजुरीमा ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका- ६ का शनि घलेको घटनास्थलमै मृत्यु भएको छ । सो दुर्घटनामा परि सुबिन सुनार घाईते भएको हो ।

काठमाडौंबाट चितवन तर्फ जादैँ गरेको ना. ६ ख. २९२० नम्बरको ट्रकले प्रदेश ३-०२००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरससाईकल चालक सिद्धलेक गाउँपालिका-६ का अन्दाजी १८ वर्षिय घलेको मृत्यु भएको हो । उक्त मोटरसाइकलमा सवार गजुरी-१ का अन्दाजी २० वर्षीय सुबिन सुनार घाईते भएको प्रहरीले जनाएको छ ।