काठमाडौं । काठमाडौंको चन्द्रागिरीबाट प्रहरीले खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ । बाँके कोहलपुरका ३२ वर्षीय सचिन रानालाई पक्राउ गरेको हो।
उनको साथबाट ४८ ग्राम खैरो हेराइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । महेन्द्रनगरबाट काठमाडौं आएको बसमा सवार उनी नागढुंगा चेकप्वाइन्टबाट पक्राउ परेको हो ।
उक्त घटनाबारे प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ ।