share 386 काठमाडौं । बालुवाटारमा कवाडी संकलनमा गएका एक मजदुरसँग नगर प्रहरीले अमर्यादित व्यवहार गरेको भन्दै पुनः आलोचना भएको छ। मजदुरको साइकल खोसिएको घटनापछि महानगर प्रहरीको कार्यशैलीमा फेरि प्रश्न उठेको हो। नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार स्थानीयको गुनासोपछि प्रहरी खटिएको थियो। ‘टिना/फलाम, कापी/किताब भन्दै बिहानैदेखि हल्ला गरेको’ भन्दै उजुरी आएको पाण्डेले बताए। उनले साइकल खोसिए पनि पछि फिर्ता गरिएको बताए। ‘इन्सपेक्टरले राम्रो व्यवहार नगरेको हो, उसलाई कारबाही गरेर फिर्ता बोलाएका छौं,’ पाण्डेले भने। महानगर प्रहरीमाथि यसअघि पनि फुटपाथ व्यवसायी, ठेलागाडा र माग्न बसेकाहरूमाथि अमानवीय व्यवहार गरेको आरोप लाग्दै आएको छ। पोस्टको नेभिगेसन मकवानपुरमा तस्करले लुटिएको प्रहरीको पेस्तोल फेला किन पक्राउ परे रेशम चौधरी ?